१८ बैशाख २०८१, मंगलबार

अब तेस्रो जनआन्दोलन शुरु भयो : गृहमन्त्री थापा


File Photo

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अब तेस्रो जनआन्दोलन शुरु भएको बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको नेकपाले काठमाडौँको नारायणहिटी सडकमा आयोजना गरेको बृहत जनसभामा बोल्दै उनले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा बन्द गरिने समेत चेतावनी दिएका छन् । मांसाहारी आन्दोलन नेपालको कानून र संविधानले अपराध घोषित गरेको उनले बताए ।

उनले प्रचण्ड-नेपाल समूहलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको चिडियाखानामा थुनिने चेतावनी दिएका हुन् । प्रचण्डले केही दिन अघि भाषणमा शाकाहारी आन्दोलनबाट पार नलागेको भन्दै मांसाहारी आन्दोलनमा जानुपर्ने भनेको कुरालाई गृहमन्त्रीले चोटिलो जवाफ दिएका हुन् ।

उनले नेतृत्वलाई विस्थापित गर्न खोज्दा मुलुकमा अस्थिरता निम्तिएको समेत बताए । उनले देशलाई प्रतिगमनतिर लगेकाले नारायणहीटी अगाडि जनसभा गरेर गणतन्त्रको रक्षा गर्न खोजेको प्रष्ट पर्दै गुट र फुटवादीहरुलाई सचेत हुन पनि सुझाव दिएका छन् ।

उनले आज यो असाधारण परिस्थिति शुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको बताउदै यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ । प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएकोले यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र सुरु भएको अहिलेको परिस्थितिको सामना गर्नका लागि अहिलेको अवस्था सिर्जना भएको पनि उनले दाबी गरेका छन् ।

सरकारको नेतृत्व र राष्ट्रपतिको मानमर्दन गर्ने र विस्थापित गर्ने षड्यन्त्रले अस्थिरता ल्याएको पनि उनले बताए । अहिलेको परिस्थितिको सामनाका लागि जनतालाई आन्दोलित बनाएको पनि उनले उल्लेख गरे । उनले आम निर्वाचनको माध्यमबाट आफूहरुले आन्दोलनको थालनी सुरु गरेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा बन्द गरिनेछ : गृहमन्त्री थापा

ओली समूहद्वारा नारायणहिटी सडकमा हुने बृहत जनसभाको तयारी (फोटो फिचर)

ओली समूहले आज नारायणहिटी सडकमा बृहत जनसभाद्वारा शक्ति प्रदर्शन गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !