७ बैशाख २०८१, शुक्रबार

मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा बन्द गरिनेछ : गृहमन्त्री थापा

प्रचण्डलाई बादलको चोटिलो जवाफ


रामबहादुर थापा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिएका छन् ।

बागमती प्रदेश कमिटीले आज काठमाडौँको नारायणहिटी सडकमा बृहत जनसभामा बोल्दै उनले मांसाहारी आन्दोलन नेपालको कानून र संविधानले अपराध घोषित गरेको उनले बताए ।

गृहमन्त्री थापाले प्रचण्ड-नेपाल समूहलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको चिडियाखानामा थुनिने चेतावनी दिएका हुन् । उनले नेतृत्वलाई विस्थापित गर्न खोज्दा मुलुकमा अस्थिरता निम्तिएको समेत बताए ।

उनले देशलाई प्रतिगमनतिर लगेकाले नारायणहीटी अगाडि जनसभा गरेर गणतन्त्रको रक्षा गर्न खोजेको प्रष्ट पर्दै गुट र फुटवादीहरुलाई सचेत हुन पनि सुझाव दिएका छन् ।

प्रचण्डले केही दिन अघि भाषणमा शाकाहारी आन्दोलनबाट पार नलागेको भन्दै मांसाहारी आन्दोलनमा जानुपर्ने भनेको कुरालाई गृहमन्त्रीले चोटिलो जवाफ दिएका हुन् ।

यो पनि पढ्नुहोस्

ओली समूहद्वारा नारायणहिटी सडकमा हुने बृहत जनसभाको तयारी (फोटो फिचर)

ओली समूहले आज नारायणहिटी सडकमा बृहत जनसभाद्वारा शक्ति प्रदर्शन गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !