ओली समूहद्वारा नारायणहिटी सडकमा हुने बृहत जनसभाको तयारी (फोटो फिचर) Nepalpatra ओली समूहद्वारा नारायणहिटी सडकमा हुने बृहत जनसभाको तयारी (फोटो फिचर)
२१ फाल्गुन २०७७, शुक्रबार

ओली समूहद्वारा नारायणहिटी सडकमा हुने बृहत जनसभाको तयारी (फोटो फिचर)


ओली समूहले आज नारायणहिटी सडकमा बृहत जनसभाद्वारा शक्ति प्रदर्शन गर्दै

काठमाडौँ । ओली समूहको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा आज मध्याह्न १२ बजे काठमाडौँको नारायणहिटी सडकमा बृहत जनसभाको आयोजना गर्दै शक्ति प्रदर्शन गर्दैछ ।

आजको जनसभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी सो समूहका नेताले गरेका छन् । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको सो कमिटीले सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ ।

कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ ।
ओली समूहद्वारा नारायणहिटी सडकमा हुने बृहत जनसभाको तयारीओली समूहद्वारा नारायणहिटी सडकमा हुने बृहत जनसभाको तयारी ओली समूहद्वारा नारायणहिटी सडकमा हुने बृहत जनसभाको तयारी ओली समूहद्वारा नारायणहिटी सडकमा हुने बृहत जनसभाको तयारी

यो पनि पढ्नुहोस्

ओली समूहले आज नारायणहिटी सडकमा बृहत जनसभाद्वारा शक्ति प्रदर्शन गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु