२० बैशाख २०८१, बिहिबार

ओली र प्रचण्डवीच सँगै बसेर चियासमेत खान नसक्ने अवस्था सिर्जना भयो : वामदेव गौतम


वामदेव गौतल

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपा भित्रका नेताहरुवीच सँगै बसेर चियासमेत खान नसक्ने अवस्था सृजना भएको टिप्पणी गरेका छन् । गौतमले नेकपाको विवादले गर्दा ओली, प्रचण्ड र नेपालवीच सँगै चिना खान समेत नसक्ने सृजना भएको बताए ।

आज नेकपाको एकता अभियान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले नेकपालाई एकता गर्न सधै लागिरहने बताए आफूलाई पार्टी एकता जोगाउन धेरै प्रयास गरे पनि नसकेको बताए ।

नेकपा भित्रको विवादले गर्दा अहिले आम कार्यकर्ता र नेपाली जनता पनि चिन्तित भएको उनले बताए । नेपाली जनता र कार्यकर्ताले पार्टी नफुटोस भन्ने चाहेकोले आफू कुनै समूहमा सामेल नभएको गौतमले बताए ।

पार्टी फुट्नमा ओली र प्रचण्ड दुबैको बराबर गल्ति रहेको गौतमले बताए पार्टी फुटिसकेले फुट्नमा कुनै एक नेताको दोस नरहेको गौतमले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !