४ जेष्ठ २०८१, शुक्रबार

विप्लवपुत्र प्रकाशले प्रचण्डपत्नी सीतालाई मुम्बई लैजानुअघि आमा भन्दै भेटेपछि…


विप्लवपुत्र प्रकाशले प्रचण्डपत्नी सीतालाई मुम्बई लैजानुअघि आमा भन्दै भेटेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचारको लागि हिजो बिहान ११ बजेको उडानबाट भारतको मुम्बई लगिएको थियो ।

अर्धभूमिगत नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले सीतालाई भेटेका थिए । थप उपचारका लागि भारतको मुम्बई लैजाने कार्यक्रम तय भएपछि विप्लवपुत्र प्रकाशले सोमबार बिहान सीतालाई भेट्न खुमलटार पुगेको गोप्य सुत्रले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् : पत्नी सीता दाहाललाई उपचार गराउन अध्यक्ष प्रचण्ड मुम्बई प्रस्थान

दाहाललाई भेटेसँगै डाक्टर समेत रहेका विप्लवपुत्र प्रकाशले स्वास्थ्य सम्बन्धी केही सुझावका साथै शिघ्र स्वास्थ्य लाभको कामना गरेको जनाइएको छ ।प्रकाशले दाहाललाई आमा भनेर सम्बोधन गर्दा सीताको गहभरी आँशु भरिएको तस्बिरहरु पनि सार्वजनिक भएको छ ।

सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि गएका थिए । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुँदैछ । उनी लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ ले पीडित छिन् ।

पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई हिजो सोमबार मुम्बई लगिएको थियो । सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् ।

यो पनि पढ्नुहोस् : अध्यक्ष प्रचण्ड पत्नी सीता अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !