
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचार गर्न आज भारतको मुम्बई प्रस्थान गरेका छन् । पत्नी सीता दाहाललाई बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको हो ।
अध्यक्ष प्रचण्ड, पत्नी सीता र छोरी गंगा दाहाल पनि साथमा रहने प्रचण्डको सचिवालयले जनाएको छ । सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् ।