२४ बैशाख २०८१, सोमबार

मुख्यमन्त्री पौडेलले गरे जमरकट्टेल र माझीलाई पदमुक्त, अव के होला बाग्मती प्रदेश सरकार ?


डोरमणि पौडेल

भरतपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलको उपनेता शालिकराम जमरकट्टेल र सचेतक वुद्धिमान माझीलाई पदमुक्त गरेका छन् । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका हुन् ।

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेकपाको केपी शर्मा ओली समूहका हुन् भने जम्मकट्टेल र माझी प्रचण्‍ड-नेपाल समूहका हुन् । नेकपाको प्रचण्ड- नेपाल समूहले मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।

पुस १० गते शुक्रबार बा मुख्यमन्त्री पौडेलविरुद्ध नेकपा प्रचण्ड-माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सो भन्दा अघि सरकारमा रहेका आन्तरिक मामिलामन्त्री जमरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।

नेकपा विभाजनको असर प्रदेशमा पनि तीव्र रुपमा देखिन थालेको छ । मुख्यमन्त्री पौडेलले जमरकट्टेल र माझीलाई पदमुक्त गरेसँगै प्रदेश ३ को सरकार अव के होला भन्ने चासो पनि बढेको छ ।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !