२२ बैशाख २०८१, शनिबार

सुरक्षा निकायका प्रमुखलाई एक्कासी बालुवाटारमा बोलाएर के दिए प्रधानमन्‍त्री ओलीले निर्देशन ?


सुरक्षा निकायका प्रमुख

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सुरक्षा निकायका प्रमुखसँग बदलिएको राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्‍त्रीको निर्देशन दिएका छन् ।

प्रधानमन्‍त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्‍त्रीले यस्तो निर्देशन दिएका हुन् । सुरक्षा निकायसँगको बैठकमा नयाँ राजनीतिक कदमविरुद्ध हुनसक्‍ने राजनीतिक आन्दोलन तथा सडक प्रदर्शन र त्यसले सुरक्षामा उत्पन्न गर्नसक्‍ने चुनौतीबारे छलफल भएको थियो ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्‍त्रीले सबैतिरबाट असहयोग र घेराबन्दी गरेकोले आफूले यस्तो कदम चाल्‍न वाध्य हुनुपरेको बताउँदै जनतामा जाने आफ्नो कदमलाई सघाउन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बालुवाटारको सुरक्षा छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी लगायत उपस्थित थिए ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय र प्रधानमन्त्री ओलीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेकी छिन् ।

यो पनि पढ्नुहोस्

संसद विघटनको संयुक्त रुपमा सशक्त प्रतिवाद गर्ने नेकपासहित तीन दलको निर्णय

लोकतन्त्र चाहनेले निर्वाचनको विरोध गर्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

संसद विघटन हुनुअघि नै आज बिहान दर्ता भएको थियो प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

प्रचण्ड-नेपाल समूहका ७ जना मन्त्रीले दिए सामूहिक राजीनामा

प्रचण्ड-नेपाल समूहका मन्त्रीले किन दिन लागे सामूहिक राजीनामा ?

किन सिफारिस गरे प्रधानमन्त्री ओलीले अख्तियार प्रमुखमा प्रेम कुमार राईलाई ?

राष्ट्रपति भण्डारीद्वारा संसद् विघटन, नयाँ निर्वाचनको मिति घोषणा

संसद् विघटनबारे यस्तो छ संवैधानिक व्यवस्था, के भन्छन् संविधानविद्हरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !