१३ बैशाख २०८१, बिहिबार

किन सिफारिस गरे प्रधानमन्त्री ओलीले अख्तियार प्रमुखमा प्रेम कुमार राईलाई ?


प्रेम कुमार राई

काठमाडौँ । नेपाल सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको हो ।

संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्द तथा किशोर सिलवालको नाम सिफारिस गरेको हो ।

ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दिन नै राईलाई आयुक्तमा सिफारिस गरेको खुलासा भएको हो । सिफारिस सम्बन्धी पत्र आज संसदीय समितिमा पुगेपछि यसको खुलासा भएको हो । राई प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् भने चन्द कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

प्रधानमन्त्री ओलीका विश्वासपात्र राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट चन्दलाई आयुक्तमा नियुक्त गरेसँगै ओली देउवा पक्षका नेताहरु सुरक्षित भएका छन् भने अव नेकपामा प्रचण्ड-नेपाल समूहका नेताहरु केहि न केहि बाहनामा विभिन्न भ्रष्टचार मुद्धामा जाकिने सम्भावना बढेको छ भने काँग्रेसमा पौडेल समूहका नेताको पनि ढयांग्रो बजेको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति भण्डारीद्वारा संसद् विघटन, नयाँ निर्वाचनको मिति घोषणा

प्रधानमन्त्रीले संसद विघटनका साथै वैशाख २३ मा आम निर्वाचन गर्ने गरे प्रस्ताव, के गर्लिन राष्ट्रपतिले ?

संसद् विघटनबारे यस्तो छ संवैधानिक व्यवस्था, के भन्छन् संविधानविद्हरु ?

संसद विघटन सिफारिसपछि सुरक्षा सतर्कता बढाउन किन आइजिपीले दिए निर्देशन ?

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री ओली पुगे शीतलनिवास, अव के गर्लिन राष्ट्रपति भण्डारीले ?

बालुवाटारमा प्रचण्डलाई भेट्न किन मानेनन् प्रधानमन्त्री ओली ?

प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस, अव कसरी बढ्ला नेपालको राजनीति ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !