१३ बैशाख २०८१, बिहिबार

प्रचण्ड-नेपाल समूहका मन्त्रीले किन दिन लागे सामूहिक राजीनामा ?


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषद्मा रहेका केही मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् । गोप्य स्रोतका अनुसार जानकारी अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव नेपाल पक्षधर मन्त्रीहरू दिउँसो साढे ३ बजे सामूहिक राजीनामा दिन लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटनको घोषणा गरेपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुले सामूहिक राजिनामा दिने तयारी गरेका हुन् । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेको बताइएको छ । राम बहादुर थापा, लेखराज भट्ट, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल ओलीइतरका मन्त्री हुन् ।

उनीहरूमध्ये थापा र भट्टले राजीनामा दिन्छन् कि दिन्नन भन्ने खुलिसकेको छैन किनकी पछिल्लो समयमा यी दुवै मन्त्रीहरुको दोहोरो भूमिका रहेको छ ।

यो पनि पढ्नुहोस्

किन सिफारिस गरे प्रधानमन्त्री ओलीले अख्तियार प्रमुखमा प्रेम कुमार राईलाई ?

राष्ट्रपति भण्डारीद्वारा संसद् विघटन, नयाँ निर्वाचनको मिति घोषणा

प्रधानमन्त्रीले संसद विघटनका साथै वैशाख २३ मा आम निर्वाचन गर्ने गरे प्रस्ताव, के गर्लिन राष्ट्रपतिले ?

संसद् विघटनबारे यस्तो छ संवैधानिक व्यवस्था, के भन्छन् संविधानविद्हरु ?

संसद विघटन सिफारिसपछि सुरक्षा सतर्कता बढाउन किन आइजिपीले दिए निर्देशन ?

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री ओली पुगे शीतलनिवास, अव के गर्लिन राष्ट्रपति भण्डारीले ?

बालुवाटारमा प्रचण्डलाई भेट्न किन मानेनन् प्रधानमन्त्री ओली ?

प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस, अव कसरी बढ्ला नेपालको राजनीति ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !