१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय


नेकपा स्थायी कमिटी

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बेलुकी बालुवाटारमा ओली बिनै बसेको स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्न प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार देश, जनता र पार्टीको भविष्यलाई नै अन्धकारतिर धकेल्ने तथा संविधानलाई असफल पार्ने कुकृत गरी प्रधानमन्त्रीले गम्भीर विश्वासघात गरेको ठहर स्थायी समिति बैठकले गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएको ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय लिइएको हो । सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गर्नु पनि असंवैधानिक भएको निष्कर्ष बैठकले गरेको उनले बताएका छन् ।

ओलीलाई अनुशासनको कारबाही गर्नेबारे छलफल गर्न पुस ७ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको छ । त्यसैगरी भोलि सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ भने भोलि नै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्नेछ ।

आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरू अनुपस्थित थिए । बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको देशव्यापी प्रतिवाद गर्ने निर्णय पनि गरेको छ । साथै बैठकले सरकारको संसद विघटनको कदम अस्वीकार गरेको छ ।

श्रेष्ठका अनुसार सरकारको कदमविरुद्ध नेकपाले कानुनी उपचार खोज्ने निष्कर्ष निकालेको छ । त्यस्तै बैठकले पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

यो पनि पढ्नुहोस्

संसद विघटन हुनुअघि नै आज बिहान दर्ता भएको थियो प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

प्रचण्ड-नेपाल समूहका ७ जना मन्त्रीले दिए सामूहिक राजीनामा

प्रचण्ड-नेपाल समूहका मन्त्रीले किन दिन लागे सामूहिक राजीनामा ?

किन सिफारिस गरे प्रधानमन्त्री ओलीले अख्तियार प्रमुखमा प्रेम कुमार राईलाई ?

राष्ट्रपति भण्डारीद्वारा संसद् विघटन, नयाँ निर्वाचनको मिति घोषणा

संसद् विघटनबारे यस्तो छ संवैधानिक व्यवस्था, के भन्छन् संविधानविद्हरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !