१२ असार २०८१, बुधबार

बुढानिलकण्ठमा कांग्रेस र जसपाबीच दुई बुँदे के भयो त्यस्तो समझदारी ?


देउवा निवास बुढानिलकण्ठ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच देउवा निवास बुढानिलकण्ठमा दुई बुँदे समझदारी भएको छ । देउवा निवास बुढानीलकण्ठमा उनीहरुबीच दिउँसो ३ बजेदेखि छलफल शुरु भएको थियो ।

दुई पार्टीबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड-१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो ।

काँग्रेस र जसपाका नेताहरुबीच भएको छलफलमा तत्काल संसद बैठक बोलाउन माग गर्ने र संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बुझिएको छ । साथै संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिइ अबिलम्ब संसद बैठक बोलाउन माग छलफलको जोड थियो ।

आसन्न अधिवेशनमा विपक्षीको भूमिका समन्वयात्मक रुपमा अझबढी प्रभावकारी कसरी बनाउने भन्ने छलफल भएको थियो । आउने अधिवेशन विपक्षी समन्वय गर्दै प्रभावकारी रुपमा पार्दै सरकारका असंवैधानिक र अलोकतान्त्रिक गतिविधि, भ्रष्टाचार, कोरोना महामारी नियन्त्रणमा देखाएको गैरजिम्मेवारीका विषयमा एकजुट भएर अघि बढ्ने बारेमा पनि बृहत छलफल भएको छ ।

छलफलमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता मिनेन्द्र रिजाल, रमेश लेखक र जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी रहेका थिए ।

नेकपाभित्रको आन्तरिक विवाद चरम उल्कर्षमा पुगेर त्यसलाई सामधान गर्नको लागि आफ्नै पार्टीका शीर्ष नेताहरु र मन्त्रीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता बढाई भेटघाट गरेकै दिन काँग्रेस र जसपाका शीर्ष नेताहरुबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको थियो ।

शुक्रबार सभापति देउवाले संसदको विशेष अधिवेशन बेलाउन जसपाले सहयोग नगरेको आसयको ट्वीट गरेपछि जसपाका शीर्ष नेता बुढानीलकण्ठ पुगेको बुझिएको छ । आज विपक्षी दल समन्वयका साथ अगाडि बढ्ने कुरामा नेताहरुबीच २ घण्टा बढी छलफल भएको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई बिहान भेटेर साँझ किन पुगे प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा ?

देउवा भेट्न बुढानिलकण्ठमा किन पुगे जसपा शीर्ष नेताहरू ?

यस्तो भयो आज ओली-प्रचण्डवीच खुमलटारमा छलफल

प्रधानमन्त्री ओलीले पुल्चोक मन्त्री क्वाटरमा किन मन्त्रीहरूसँग गरे आकस्मिक भेट ?

प्रचण्डलाई खुमलटार भेटेलगतै प्रधानमन्त्री ओली किन पुगे गृहमन्त्री थापालाई भेट्न पुल्चोक ?

ओली-प्रचण्डको भेटवार्तापछि नेपाल पनि अचानक किन पुगे खुमलटार ?

ओलीपछि बामदेव पनि एकाएक किन पुगे खुमलटार ?

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली किन अचानक पुगे खुमलटार ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !