६ बैशाख २०८१, बिहिबार

देउवा भेट्न बुढानिलकण्ठमा किन पुगे जसपा शीर्ष नेताहरू ?


देउवा निवास बुढानिलकण्ठ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको छ । नेकपाभित्रको आन्तरिक विवाद चरम उल्कर्षमा पुगेर त्यसलाई सामधान गर्नको लागि आफ्नै पार्टीका शीर्ष नेताहरु र मन्त्रीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता बढाई भेटघाट गरेकै दिन काँग्रेस र जसपाका शीर्ष नेताहरुबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

छलफलमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता मिनेन्द्र रिजाल, रमेश लेखक र जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी रहेका छन् ।

देउवा निवास बुढानीलकण्ठमा उनीहरुबीच दिउँसो ३ बजेदेखि छलफल जारी रहेको देउवाको सचिवालयले जानकारी दिएको छ । शुक्रबार सभापति देउवाले संसदको विशेष अधिवेशन बेलाउन जसपाले सहयोग नगरेको आसयको ट्वीट गरेपछि जसपाका शीर्ष नेता बुढानीलकण्ठ पुगेको बुझिएको छ ।

छलफलमा सरकारलाई संसद खुलाउन दबाव दिनेबारे छलफल भइरहेको बुझिएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरेको विषयमा पनि छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरिरहनुमा काँग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाका कारण हुने सक्ने आशंका गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले हिजो शुक्रबार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए ।

हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । साथै राजावादीहरु पनि सल्बलाई रहेका छन् । यस अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र विपक्षी दलहरु पनि प्रधानमन्त्री ओलीलाई दवाव सिर्जना गर्ने रणनीतिमा रहेको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

ओली समूहका नेतालाई अहिलेसम्मकै कडा यस्तो स्टाट्स लेखे भिम रावलले

यस्तो भयो आज ओली-प्रचण्डवीच खुमलटारमा छलफल

प्रधानमन्त्री ओलीले पुल्चोक मन्त्री क्वाटरमा किन मन्त्रीहरूसँग गरे आकस्मिक भेट ?

प्रचण्डलाई खुमलटार भेटेलगतै प्रधानमन्त्री ओली किन पुगे गृहमन्त्री थापालाई भेट्न पुल्चोक ?

ओली-प्रचण्डको भेटवार्तापछि नेपाल पनि अचानक किन पुगे खुमलटार ?

ओलीपछि बामदेव पनि एकाएक किन पुगे खुमलटार ?

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली किन अचानक पुगे खुमलटार ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !