८ बैशाख २०८१, शनिबार

संवैधानिक परिषद्को बैठक सकिने बित्तिकै किन गए प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शितलनिवास ?


प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज मंगलबार साँझ नयाँ अध्यादेश जारी गरेपछि बसेको संवैधानिक परिषद्को बैठक सकिने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

नयाँ अध्यादेश जारी गरेपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै निर्णय भने नगरेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार बैठकमा नियुक्तिका विषयमा सामान्य छलफल भएको थियो ।

आज साँझ बसेको परिषद् बैठकमा परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र सदस्यहरुमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भएका थिए भने परिषद् अन्य सदस्यहरु सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता शेर बहादुर देउवा भने अनुपस्थित रहेका थिए ।

संवैधानिक परिषद्को बैठक सकिने बित्तिकै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास किन गए भन्ने बारेमा चासो राजनीतिक वृत्त र नागरिक समाजमा रहेको छ ।

विशेष स्रोतका अनुसार हिजो सोमबार प्रधानमन्त्री ओलीले शीतल निवासमा २ घण्टा बिताएका थिए । प्रधानमन्त्रीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि त्यसको पार्टीभित्र र बाहिर समेत चर्को विरोध भइरहेको छ ।

साथै नेकपामा दुई अध्यक्षको व्यक्तिगत शक्ति र सत्ता संघर्ष हुँदा समेत राष्ट्रपति भण्डारीले विवाद मिलाउन हस्तक्षेप गरेको तथा विवादित अध्यादेश फेरि जारी गरेकोमा नेकपाका नेताहरु तथा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेताहरुले समेत चर्को आलोचना गर्दै आएका छन् । यसरी राष्ट्रपति जस्तो देशको सम्मानित गरिमामय पदले कुनै पार्टी विशेषको आन्तरिक मावलामा हात हालेर विवादित हुनु अशोभनीय भएको राजनीतिक विश्लेषकहरुको धारणा रहेको छ ।

यो पनि पढ्नुहोस्

देउवा र सापकोटा बिना नै बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी, के होला निर्णय ?

राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गरेको गगन थापाको आरोप

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्नुपर्ने प्रचण्डको माग

सभामुख सापकोटा अनुपस्थितिका कारण ओलीले ल्यायो यस्तो कडा संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍ सम्बन्धी नयाँ अध्यादेश जारी, सभामुखबिनै बैठक बस्न सक्ने

संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा नजाने : अव के गर्लान् प्रधानमन्त्री ओलीले ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !