११ बैशाख २०८१, मंगलबार

सभामुख सापकोटा अनुपस्थितिका कारण ओलीले ल्यायो यस्तो कडा संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश


सं‌वैधानिक परिषद् बैठक File Photo

काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धि नंया अध्यादेश ल्याएको छ । सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको हो ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थितिका भएपछि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए । बैठक लगतै संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । यसअघि परिषद अध्यक्ष र कम्तीमा ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !