१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍ सम्बन्धी नयाँ अध्यादेश जारी, सभामुखबिनै बैठक बस्न सक्ने


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छिन् ।

संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिए ।

अव यो अध्यादेश जारी भएसँगै सभामुखबिनै संवैधानिक परिषद्को बैठक बस्न मिल्नेगरी सरकारले अध्यादेश जारी गरेको हो । संवैधानिक परिषद्‍को बैठकमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा नगएपछि गणपूरक संख्या नपुगेपछि आज मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठक स्थगित भएको थियो ।

परिषद्‍मा अध्यक्ष (प्रधानमन्त्री) र अन्य ४ जना सदस्य पुग्नेपर्ने व्यवस्था छ । उपसभामुख नभएको अवस्थामा सभामुख पनि नगएपछि गणपूरक संख्या नपुगेको हो । परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष हुने र सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ ।

परिषद्को बैठक स्थगित भएलगत्तै मन्त्रिपरिषद् बैठक बसेर परिषद्‍ सम्बन्धी नयाँ अध्यादेश जारीका लागि सिफारिस गरेको अनुमान गरिएको हो । जारी भएको नयाँ अध्यादेश राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयन आउनेछ ।

यस्तो छ राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद्‍ सम्बन्धी नयाँ अध्यादेशबारे पत्र

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍ सम्बन्धी नयाँ अध्यादेश जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !