१२ बैशाख २०८१, बुधबार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्नुपर्ने प्रचण्डको माग


पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्नुपर्ने बताएका छन् ।

सरकारले बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश जारी गरे संगै अध्यक्ष प्रचण्डले पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएको भन्दै विरोध गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छिन् ।

संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिए ।

अव यो अध्यादेश जारी भएसँगै सभामुखबिनै संवैधानिक परिषद्को बैठक बस्न मिल्नेगरी सरकारले अध्यादेश जारी गरेको हो । संवैधानिक परिषद्‍को बैठकमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा नगएपछि गणपूरक संख्या नपुगेपछि आज मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठक स्थगित भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु