१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गरेको गगन थापाको आरोप


गगन थापा File Photo

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद बन्द गरेर संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गरेको आरोप लगाएका छन् । सरकारले बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश जारी गरेपछि नेता थापाले उक्त अध्यादेशको विरोध गर्दै यस्तो आरोप लगाएका हुन्।

नेता थापाले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने ! K P Sharma Oli सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं । सडक र सदनको बलबाट! जनताको साथ र शक्तिबाट !!”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु