७ बैशाख २०८१, शुक्रबार

नेकपाले पनि सबै सांसदको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने


नेकपा संसदीय दल

काठमाडौं, कार्तिक ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का सबै सांसदले दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख लगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको जानकारी दिएका छन् ।

नेम्वाङले सवैसँग सल्लाह गरेर संसदीय दलको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका बेलामा पार्टी नेता तथा सबै सांसदहरुले सादा ढंगले दसैं मनाउने र सबैलाई त्यही आग्रह गर्ने निर्णय गरेको पनि जानकारी दिएका छन् ।

उनले केहीबेरमा प्रधानमन्त्रीले यसबारे वक्तव्य जारी गर्ने जानकारी पनि दिए । कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैं खर्च लिएको समाचार आएपछि सांसदहरुको चौतर्फी आलोचना भएको थियो । यस्तो आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेपछि यस्तो निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस्

नेपाली कांग्रेसद्वारा सांसदको ४३ लाख २० हजार दसैं भत्ता फिर्ता गर्ने निर्णय

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न नेपाली काँग्रेसको माग

का‍ंग्रेसका सबै सांसदलाई दशैं भत्ता फिर्ता गर्न सभापति देउवाकाे निर्देशन

कम्युनिष्ट सरकारको विपरित मति : बरिष्ट नेता पौडेल

सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा बसेको छ : गगन थापा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !