७ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेसद्वारा सांसदको ४३ लाख २० हजार दसैं भत्ता फिर्ता गर्ने निर्णय


नेपाली कांग्रेस संसदीय दल

काठमाडौँ, कार्तिक ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदको खातामा आएको दसैं भत्ता फिर्ता दिने निर्णय गरेको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीका सांसदको भत्ता वापतको कूल रकम ४३ लाख २० हजार ८ सय १० रूपैयाँ फिर्ता दिने निर्णय भएको जानकारी दिएका छन् ।

कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्थामा जनप्रतिनिधिलाई दसैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकोले पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सबै संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराइएको दसैं भत्ता वापतको फिर्ता गर्ने निर्णय गरेको उनले बताएका छन् ।

उक्त रकम वापत हुन आउने उक्त रकम जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय गरेको उनको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ नेपाली कांग्रेस संसदीय दलले निकालेको प्रेस विज्ञप्ति

नेपाली कांग्रेसद्वारा सांसदको ४३ लाख २० हजार दसैं भत्ता फिर्ता गर्ने निर्णय

यस्तो छ नेपाली कांग्रेस संसदीय दलले निकालेको प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न नेपाली काँग्रेसको माग

का‍ंग्रेसका सबै सांसदलाई दशैं भत्ता फिर्ता गर्न सभापति देउवाकाे निर्देशन

कम्युनिष्ट सरकारको विपरित मति : बरिष्ट नेता पौडेल

सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा बसेको छ : गगन थापा

सरकारले हात झिक्यो, अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !