१२ बैशाख २०८१, बुधबार

कम्युनिष्ट सरकारको विपरित मति : बरिष्ट नेता पौडेल


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ, कार्तिक ३ । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारको विपरित मति भएको आरोप लगाएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले सरकारले एकातिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा बाँड्छ, भत्ता बाँड्छ भने अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छिन खोज्छ । यो के हो ? भनेर प्रतिप्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘कम्युनिष्ट सरकारको विपरित मति । एकातिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा बाँड्छ, भत्ता बाँड्छ । अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छिन खोज्छ । यो के हो ?’

नेपालमा कोरोना संक्रमण व्यापक फैलिएपछि उपचार गर्न सम्भव नभएकोले गर्दा सरकारले हात झिकेको छ । अव उपरान्त कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा हिजो जानकारी दिएका थिए । सरकारको यो निर्णयप्रति चौतर्फी आलोचना शुरु भएको छ ।

यो पनि पढ्नुहोस्

सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा बसेको छ : गगन थापा

सरकारले हात झिक्यो, अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !