२२ बैशाख २०८१, शनिबार

ओली-प्रचण्ड भेटवार्ता सकियो : शनिबार सचिवालय बैठक बोलाउने निर्णय


ओली प्रचण्ड

काठमाडौं, असोज १६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सकिएको छ । आज शुक्रबार बिहान करीव ९:३० बजेदेखि शुरु भएको भेटवार्ता दुई नेताबीच झण्डै पौने घण्टा मात्र भएको थियो ।

भेटवार्तामा अध्यक्षद्वयबीच शनिबार ४ बजे बस्ने गरी सचिवालय बैठक बोलाउने सहमति भएको छ । सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्ने नेकपा उच्च स्रोतले जनाएको छ ।

आजको भेटमा अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नै नगरी राजदूत नियुक्ति गर्न सिफरिस गरेपछि पार्टीमा असन्तुष्टि बढ्न पुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए । जवाफमा ओलीले लामो समय राजदूत पद खाली राख्दा राम्रो सन्देश नजाने भएकाले सिफारिस गर्नुपरेको जवाफ दिएका थिए ।

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी ३ देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि सम्वन्धमा चिसो बढेको थियो ।

पार्टी निर्णय तथा सहमति विपरित प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका नेता असन्तुष्ट भएका छन् । अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायत असन्तुष्ट नेता सचिवालय बैठक बस्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

स्रोतका अनुसार अध्यक्ष दाहालले वरिष्ठ नेताद्वय खनाल र नेपालसहितका नेतासँग हिजो बिहीबार टेलिफोन संवाद गरेका छन् । प्रधानमन्त्री ओली फेरि पुरानै ठाउँमा पुगेको निष्कर्षसहित उनीहरूले अध्यक्ष दाहाललाई सचिवालय बैठकका लागि दबाब दिएका छन् ।

यो पनि पढ्नुहोस्

ओली-प्रचण्ड विवाद, परालको आगो : बालुवाटारमा भेटवार्ता जारी

नेकपामा फेरि किचलो : ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेको भन्दै दाहाल र नेपाल असन्तुष्ट

प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ : खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त

प्रधानमन्त्री ओलीले लोकदर्शनलाई दिए उपहार : रेग्मी भए बेलायतको लागि राजदूत

शंकरदास वैरागीले बाजी मारे मुख्य सचिवको उच्च पद


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !