१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीले लोकदर्शनलाई दिए उपहार : रेग्मी भए बेलायतको लागि राजदूत


लोकदर्शन रेग्मी

काठमाडौं, असोज १५ । नेपाल सरकारले बेलायतको लागि राजदूतमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको २ साताभन्दा अघि नै एक हातले राजीनामा बुझाएर प्रधानमन्त्री ओलीले उनको अर्को हातमा बेलायतको लागि राजदूत उपहार दिएका छन् ।

स्रोतका अनुसार रेग्मीलाई बेलायतको राजदूत बनाउने सर्तमा राजीनामा गर्न लगाएर परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने तयारी भइरहेको प्रयास सफल भएको छ । गत असोज १ गते बसेको मन्त्रिपरिषद् बैठकले नै रेग्मीलाई राजदूतमा सिफारिस गरेर बैरागीलाई मुख्यसचिव बनाउने प्रचार भएतापनि मेसो नमिल्दा सरकारले त्यो निर्णय गर्न सकेको थिएन ।

२०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री भएलगत्तै मुख्यसचिव रेग्मीलाई पदमुक्त गर्न दबाब परेको थियो । तर रेग्मी र प्रधानमन्त्री ओलीका विश्वासपात्र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली छिमेकी जिल्लावासीको साइनोले अहिलेसम्म मुख्य सचीव भई टिक्न सकेको आंकलन गर्न सकिन्छ ।

२०७४ मंसिरमा निर्वाचन भएर ओली प्रधानमन्त्री हुने पक्कापक्की भएपछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले प्रदेश प्रमुखहरु नियुक्ति लगायतमा गरेको अनाधिकृत निर्णयहरुलाई रेग्मीले ल्याप्चे छाप लगाईदिएका रेग्मीलाई सरकारले अवकाश हुन केही दिन बाँकी रहँदा बेलायतको राजदूत बनाएर पुरस्कृत गरेकोमा चिन्ता सिंहदरवारभित्र व्याप्त छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ : खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त

शंकरदास वैरागीले बाजी मारे मुख्यसचिवको उच्च पद


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !