७ कार्तिक २०७७, शुक्रबार

प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ : खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त



डा. युवराज खतिवडा

काठमाडौँ, असोज १५ । नेपाल सरकारले अमेरिकाको लागि राजदूतमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ । आज बिहिवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री समेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रतिको मोह धेरै नै रहेको विगत र वर्तमानका कतिपय दृष्टान्तले प्रष्ट आँकलन गर्न सकिन्छ । यसअघि खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त भएका थिए ।

त्यस्तै मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । मुख्यसचिवमा भने आजै मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

‘टेक्नोक्र्याट’ खतिवडा नेपाल सरकारको अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष भइसकेका अनुभवी बिश्वास पात्रको बिज्ञतालाई प्रधानमन्त्री अझै पनि गुमाउन चाहदैनन् । खतिवडाको बहिर्गमन कोरोनाका कारण उत्पन्न देशको अत्यन्त प्रतिकुल आर्थिक अवस्थाका बीच भएकोले देश एउटा गम्भीर आर्थिक समस्यासँग जुध्दैछ ।

खतिवडाले अर्थ मन्त्रालयलाई व्यवसायिक मर्यादामा राख्न जोडबल गरिरहे । खतिवडाले सुरुबाटै नेपालको वैदेशिक व्यापारको असन्तुलनलाई सम्वोधन गर्ने प्रयास गरेका थिए । पहिलो वर्षबाटै उनले विदेशबाट भित्र्याइने बिलासी वस्तुहरुमा उच्च कर लगाउने र स्वदेशबाट बाहिर जाने वस्तुहरुलाई विभिन्न सहुलियत दिने रणनीति लिएका थिए । यो नीतिको असर नेपालको वैदेशिक व्यापार सन्तुलनमा देखिएको छ ।

अर्थमन्त्रीको जिम्मेवारीबाट अलग भएपनि डाक्टर खतिवडा अहिलेको सरकारमा शक्तिशाली भूमिकामा रहने सन्देश प्रधानमन्त्री केपी ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई दिएको स्रोतको दावी छ । प्रधानमन्त्री ओलीको बुझाईमा नेकपामा खतिवडा बाहेक देशको अर्थतन्त्र बुझेको र दात्तृ निकायहरुसँग सम्वन्ध भएको परिपक्क मान्छे अर्को व्यक्ति नै नभएको स्रोतको दावी छ ।

खतिवडालाई नै अर्थमन्त्री बनाउने उपायबारे पनि ओलीले कानुनी परामर्श गरेतापनि त्यो प्रयासको सफल हुन नसकेपछि आफ्नो विशेष आर्थिक सल्लाहकार नियुक्त गरे । खतिवडालाई पून: अर्थमन्त्री बन्न बाधक बनेका थिए बामदेव गौतम । अर्थमन्त्रीमा खतिवडा रहन संविधान बाधक भएपनि उनैलाई छायाँ अर्थमन्त्री राखेर चलाएर ओलीले देखाउने बुझिएको थियो । तर नयाँ अर्थमन्त्री नियुक्त नगरेको भनेर बाहिर चौतर्फी प्रधानमन्त्री ओलीको आलोचना भयो ।

बामदेव गौतमलाई उचालेर अर्थमन्त्रीको जिम्मेवारीबाट रातारात हटाउन बाध्य बनाउनेमा बालुवाटार किचेन क्याबिनेटका प्रभावशाली ३ जना कमरेडहरूको हात रहेको खतिवडाको भित्री बुझाई रहेको छ । तर खतिवडाको बारेमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बाहेक बालुवाटारको किचेन क्याबिनेटका अन्य सदस्यहरु नेपालमै कुनै जिम्मेवारी दिन अनिच्छुक देखिएकाले खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरेको हुनसक्ने प्रष्ट देखिएको छ भने बालुवाटारमा प्रधानमन्त्रीको विशेष सल्लाहकार भएर मुख्य सल्लाहकार बिष्णु रिमालको राजगजमा बस्नु भन्दा समुन्द्रपारीको राजदूत हुनु नै ठिक हुने अवस्थामा पुगेपछि खतिवडाले सो पदमा जान इच्छा देखाएको हुनसक्ने आंकलन गर्न सकिन्छ ।

आफ्नो अनौपचारिक अभिव्यक्ति सान्त्वना दिएका निकटस्थले नै बालुवाटार पुर्याएपछि खतिवडाले मनस्थिति बदलेको आँकलन गरिएको छ । तर हिजोदेखि झण्डाबिना उनको चाहना बालुवाटारमा भन्दा सात समुन्द्रपारीको जिम्मेवारी राजदुततिर ढल्किएको पनि बताइएको कुरा यथार्थमा परिणत भएको छ ।

शायद खतिवडालाई अमेरिकाको लागि राजदूतमा नियुक्त गरेर एमसीसी पारित गर्न र अमेरिकी दात्तृ निकायहरुसँग राम्रो सम्वन्ध बनाउन सफल खतिवडालाई नयाँ राजदूत पद दिएको हुनसक्ने विश्लेषकहरु बताउछन् । प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ ले नेकपाको राजनीतिक समीकरणमा कस्तो असर पार्छ त्यसको लागि आगामी दिनका घटनाहरुले फेरि बताउने नै छन् ।

यो पनि पढ्नुहोस्

डा. युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त, मन्त्रीसरह सुविधा पाउने

खतिवडा अर्थमन्त्रीवाट बिदाइ भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बन्ने चर्चा

प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ : अझ शक्तिशाली बनाउँदै नयाँ भूमिका दिदै

खतिवडा अर्थमन्त्रीवाट बिदाइ भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बन्ने चर्चा

क्याबिनेटमा वामदेव गौतम र युवराज खतिवडाको चर्चा परिचर्चा हुँदै

म प्रधानमन्त्रीको सल्लाहकार भए भने सबै मन्त्रीहरुलाई तह लगाईदिन्छु : युवराज खतिवडा

राष्ट्रपतिद्वारा खतिवडाको राजीनामा स्वीकृत, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्री ओलीले नै सम्हाल्ने



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत, कार्तिक ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज शुक्रबार बिहान नेपाल

मोरङ, ७ कात्तिक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना संक्रमण भएको छ । मन्त्री

गोरखा, ७ कात्तिक । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी

काठमाडौं, कार्तिक ७ । आज नवरात्रको सातौ दिन कालरात्रि भवानीको पूजा आराधना गरिदैछ । नवरात्रको सातौं दिन आज धुमधामसँग फूलपाती