१४ बैशाख २०८१, शुक्रबार

सिंहदरबारमा यसरी भइरहेको ओली र नेपाल समूहका नेताहरुवीच वार्ता (फोटो फिचर)


ओली र नेपाल समूहको सिंहदरवारमा जारी वार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहवीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा वार्ता जारी रहेको छ ।

पार्टीको आन्तरिक विवाद मिलाउन ओली-नेपालबाहेक ओली समूहका नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् भने नेपाल समूहका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी भएका छन् ।

हिजो बिहीबार दिउँसो बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाको निवासमा ओली र नेपालबीच भएको सहमति कार्यान्वयनबारे थप छलफल गर्न सिंहदरबारमा वार्ता जारी रहेको हो ।

ओली-नेपालबीच भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएकोले त्यही सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहका नेताहरूहरूसहित वार्ता जारी रहेको हो ।
ओली र नेपाल समूहको सिंहदरवारमा जारी वार्ता ओली र नेपाल समूहको सिंहदरवारमा जारी वार्ता ओली र नेपाल समूहको सिंहदरवारमा जारी वार्ता ओली र नेपाल समूहको सिंहदरवारमा जारी वार्ता

तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !