१८ बैशाख २०८१, मंगलबार

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक (फोटो फिचर)


बालगोपालेश्वर मन्दिरमा भाइटीका

काठमाडौँ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर आज बुधबार बिहानैदेखि खुलेको छ ।

भाइटीकाका दिन खुल्ने उक्त मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ मन्दिरमा पुगेर टीका लगाइरहेका छन् । घर गएर टीका लगाउन नपाएका पनि रानीपोखरी पुगेर मन्दिर दर्शन गर्नुका साथै टीका लगाउँछन् ।

मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गरिरहेका छन् ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ ।

बालगोपालेश्वर मन्दिरमा भाइटीकाबालगोपालेश्वर मन्दिरमा भाइटीकाबालगोपालेश्वर मन्दिरमा भाइटीकाबालगोपालेश्वर मन्दिरमा भाइटीकाबालगोपालेश्वर मन्दिरमा भाइटीकाबालगोपालेश्वर मन्दिरमा भाइटीकाबालगोपालेश्वर मन्दिरमा भाइटीका
तस्बिर : नवीन पौडेल, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !