२३ बैशाख २०८१, आइतबार

राष्ट्रपति बाइडेन र भ्लादमिर पुटिनबीच एक घन्टा फोन


जो वाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच एक घन्टा फोनमा कुराकानी भएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार बाइडेन र पुटिनबीच युक्रेन र रूसको सीमामा पछिल्लो समय बढ्दै गएको तनावका विषयमा कुराकानी भएको हो ।

टेलिफोनमा बाइडेनले रूसले युक्रेनमाथि अतिक्रमण गरे निर्णायक जवाफ फर्काउने र त्यसको गम्भीर असर हुने बताएका थिए । रूसी राष्ट्रपति कार्यालयले भने कुराकानीका क्रममा बाइडेनले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को युक्रेनमा विस्तारलगायत रूसी चासोका विषयमा जवाफ नदिएको बताएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !