२३ बैशाख २०८१, आइतबार

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच फोनवार्ता


जो वाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री ताफ्ताली बेनेटबीच फोनवार्ता भएको छ । सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ ।

इजरायलको प्रधानमन्त्रीको कार्यालयले सो कुरा बताएको छ । इजरायलको प्रधानमन्त्रीको कार्यालयले आइतबार उनीहरुका बीचमा कुराकानी भएको विज्ञप्तिमार्फत जनाएको हो । इजरायलको आणविक कार्यक्रमलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा उनीहरुबीच फोनमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।

सो वक्तव्यका अनुसार फोनवार्ताकै क्रममा प्रधानमन्त्री बेनेटले अमेरिकी राष्ट्रपति बाइडेनलाई इजरायल भ्रमणको निम्ता दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !