२० बैशाख २०८१, बिहिबार

फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु, १०० जना घाइते


फेरीमा आगो

बंगलादेश । फेरीमा आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए ।

अन्तर्राष्ट्रिय समाचार अनुसार तीन तले सो फेरी नदीकोको बीचमा आगो लागेको थियो । आगलागीमा जलेका ३२ जनाको शव फेला पारेको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ । मृतकको सङ्ख्या अझै बढ्न सक्छ ।

फेरीमा आगो लागेर घाइते १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !