२७ बैशाख २०८१, बिहिबार

भारतमा आज ६११७ नयाँ कोरोना संक्रमित भेटिए, ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो


ओमिक्रोन

भारत । भारतमा आज ६ हजार १ सय १७ नयाँ कोरोना संक्रमित भेटिएका छन् । कोरोना संक्रमणका कारण ३१८ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार पछिल्लो २४ घण्टामा ६,९०६ संक्रमित निको भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार अनुसार भारतमा यतिबेला सक्रिय संक्रमितको संख्या ७८,१९० छन् जुन ५७५ दिनमा सबैभन्दा कम हो । यस्तै यहाँ ओमिक्रोन संक्रमितको संख्या बढेर २१३ पुगेको छ ।

ओमिक्रोन भेरियन्टका सबैभन्दा धेरै संक्रमित दिल्लीमा ५७ छ र महाराष्ट्रमा ५४ पाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !