२५ बैशाख २०८१, मंगलबार

जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित


फुमियो किशिदा

टोकियो । जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित हुनुभएको छ ।

संसदको विषेश अधिवेशनले उहाँलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उहाँ फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा पनि निर्वाचित हुनुभएको हो ।

गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका किशिदाले अहिले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी पाउनु भएको हो ।

उहाँले मन्त्रीपरिषद्को सदस्यमा पनि आफ्नो पहिलो कार्यकालका सहयात्रीहरुलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ ।

छोटो समयका लागि सञ्चालन गरिएको संसदको विषेश अधिवेशनको अरु पनि केही महत्वपूर्ण कामहरु गरेको संसद सचिवालयले जनाएको छ ।

नयाँ सरकारले कोरोनाभाइरसको महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।

अर्थतन्त्रलाई चलायमान गराउन सरकारले ‘गो टु ट्राभल’ अभियान समेत चलाउने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि भन्दै आमनिर्वाचनमा आमनागरिकको सहयोगको अपेक्षा गर्नु भएको थियो । प्रधानमन्त्री किशिदाले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरू ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरूसँग आग्रह गर्नु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !