१४ बैशाख २०८१, शुक्रबार

लक्जम्बर्गमा युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक सम्पन्न


ब्रसेल्स । युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक मंगलबार लक्जम्बर्गमा सम्पन्न भएको छ । सो बैठकमा उहाँहरुले हालैका दिनहरुमा विश्वमा उर्जामा भएको मुल्यबृद्धिका विषयमा कुराकानी गर्नुभएको थियो ।

उहाँहरुले हाल विश्वमा उर्जाको मुल्य बृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी दिनमा मुल्य बृद्धि हुन नदिन यसका उपायहरुका बारेमा आवश्यक छलफल गरेको बताइएको छ ।

उहाँहरुले सो छलफलका क्रममा जलवायु परिवर्तनसम्बन्धी नीतिहरुको पनि समिक्षा गर्नुभएको थियो । साथै विश्वमा जलवायु परिवर्तनको असर कम गर्नका लागि स्वच्छ उर्जाको प्रयोग पनि उर्जाको मुल्य बृद्धि रोक्नका लागि एक उपाय हुन सक्ने विषयमा छालफल गर्नुभएको थियो ।

विश्वमा उर्जाको खपत बढिरहेका अवस्थामा वैकल्पिक एवं स्वच्छ उर्जा प्रयोगका सम्भावनाहरुको खोजी गर्नुका साथै जलवायु परिवर्तनको असर के कसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !