१९ बैशाख २०८१, बुधबार

श्रीलंकाको केण्डीमा सेना परिचालन


srilanka

एजेन्सी, २४ फागुन । श्रीलंकाको केण्डी सहरमा सरकारले सेना परिचालन गरेको छ । गत मंगलबार केण्डी सहरमा अल्पसंख्यक मुस्लिम र बौद्धमार्गीहरुको झडपमा एक मुस्लिम युवाको आगोमा जलेर मृत्युपछि हिंसाले उग्ररुप लिएको थियो । सो हिंसा थप बढ्दै जाँदा पछिल्लो समयमा श्रीलंकन सरकारले सेना परिचालन गरेको हो ।

हाल केण्डीमा सञ्चार विच्छेद गरिएको छ। फेसबुक लगायतका सामाजिक संजालमा प्रतिबन्ध लगाइएको छ । यस्ता सामाजिक संजालले हिंसा फैलाउन सहयोग पुग्ने भएकाले बन्द गरिएको श्रीलंकन एक उच्च अधिकारीले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघले श्रीलंकामा भएको हिंसाको तत्काल अन्त्य हुनुपर्नेमा जोड दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !