२२ बैशाख २०८१, शनिबार

इथियोपियाका प्रधानमन्त्री देसाल्नले दिए राजीनामा


ithiyopiya

एजेन्सी, ४ फागुन । इथियोपियाका प्रधानमन्त्री हेलमेरियम देसाल्नले पदवाट राजीनामा दिएका छन् । कारण नखुलाई प्रधानमन्त्री देसाल्नले पदवाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

देसाल्नले सत्तारुढ गठबन्धनको नेताको पदवाट समेत राजीनामा दिएका हुन् । महिनौँदेखि जारी सरकारविरोधी आन्दोलनपछि प्रधानमन्त्री देसाल्नले राजीनामा दिएका हुन् । सरकारविरोधी प्रदर्शनका क्रममा इथियोपियाका ओरोमिया र एम्हारामा १० जनाको मृत्यु भएको थियो भने कयौँ घाइते भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !