२० बैशाख २०८१, बिहिबार

डिभी चिठ्ठा खारेज गर्ने राष्ट्रपति ट्रम्पको विधेयक अमेरिकी संसदमा अस्वीकृत


american

एजेन्सी, ४ फागुन । डिभी चिठ्ठालगायत विषय समेटिएका चारवटा विधेयक अमेरिकी संसदले अस्वीकार गरेको छ । अमेरिकाको माथिल्लो सदन सिनेटले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षालगायत विधेयक अस्वीकार गरिदिएको अन्तर्राष्ट्रिय समाचारसंस्थाले उल्लेख गरेका छन् ।

डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार व्यक्ति अमेरिका जान पाउने गरेका छन् । यस्तै पारिवारिक कोटाअन्तर्गत अमेरिकामा ग्रिनकार्ड होल्डरले आफ्ना दाजुभाइ, दिदीबहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्ने व्यवस्था पनि छ । यस्तो व्यवस्थावाट अमेरिकी जनता प्रभावित हुने तर्कसहित डिभी चिठ्ठा र चेन इमिग्रेसन बन्द गर्नुपर्ने ट्रम्पले बताउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !