२४ बैशाख २०८१, सोमबार

चीनमा आइतबार स्वदेशमै कोभिड-१९ का संक्रमित भेटिएनन्


china

चीन । चीनमा हिजो आइतबार स्थानीय स्तरमा नै संक्रमित भएका कोरोना भाइरसका संक्रमितहरु नभेटिएको स्वास्थ्य अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् । उनीहरुले आइतबार चीनमा देशभित्रै संक्रमण सरेका व्यक्ति नभेटिएको बताएका हुन् ।

चीनको नेसनल हेल्थ कमिनसनले आइतबार चीनमा १५ जनामा कोभिड १९ को संक्रमण त भेटिएको छ तर पनि उनीहरु चीनभित्र नै संक्रमित भएका भने नपाइएको बताएको हो । ती १५ जना संक्रमित चीन बाहिरबाट आएको बताइएको पनि सो समाचारमा जनाइएको थियो ।

बेइजिङमा आइतबार १५जना नयाँ संक्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएको थियो । त्यसैगरी आइतबार कोभिडबाट मृत्यु भएको समाचार पनि नरहेको सो कमिसनले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !