भारतको यस बर्षको रक्षा बजेट १५ बर्षपछि सवैभन्दा धेरै Nepalpatra भारतको यस बर्षको रक्षा बजेट १५ बर्षपछि सवैभन्दा धेरै
२१ फाल्गुन २०७७, शुक्रबार

भारतको यस बर्षको रक्षा बजेट १५ बर्षपछि सवैभन्दा धेरै


निर्मला सितारमण

नयाँ दिल्ली । भारतमा बर्ष २०२१-२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिनुभएको छ ।

अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गर्नुभएको छ । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ बर्षपछिकै सवैभन्दा धेरै भएको बताइएको छ ।

अधिकारीहरुका अनुसार अघिल्लो बर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैया छुट्याइएको थियो । अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको बार्षिक बजेट घोषणा गर्नुभएको छ । भारतको यस बर्षको बजेट ४.७८ करोडको रहेको छ ।

“अघिल्लो बर्षको तुलनामा यस बर्ष रक्षाका लागि १९ प्रतिशत बजेट बृद्धि भएको छ, यो रकम १५ बर्षपछिकै सवैभन्दा धेरै हो,” रक्षामन्त्री सिंहले भन्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !