१२ बैशाख २०८१, बुधबार

भारतको यस बर्षको रक्षा बजेट १५ बर्षपछि सवैभन्दा धेरै


निर्मला सितारमण

नयाँ दिल्ली । भारतमा बर्ष २०२१-२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिनुभएको छ ।

अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गर्नुभएको छ । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ बर्षपछिकै सवैभन्दा धेरै भएको बताइएको छ ।

अधिकारीहरुका अनुसार अघिल्लो बर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैया छुट्याइएको थियो । अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको बार्षिक बजेट घोषणा गर्नुभएको छ । भारतको यस बर्षको बजेट ४.७८ करोडको रहेको छ ।

“अघिल्लो बर्षको तुलनामा यस बर्ष रक्षाका लागि १९ प्रतिशत बजेट बृद्धि भएको छ, यो रकम १५ बर्षपछिकै सवैभन्दा धेरै हो,” रक्षामन्त्री सिंहले भन्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !