चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो Nepalpatra चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो
४ कार्तिक २०७८, बिहिबार

चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो


चीनको वैदेशिक व्यापार

बेइजिङ, २२ कात्तिक । यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचार अनुसार यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि भएको जनाएको हो ।

अघिल्लो वर्षको तुलनामा यसवर्षको अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि आएको देखिएको सो प्रशासनले जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

त्यसैगरी चीनको निर्यात बजारमा पनि बृद्धि भएको पनि सो समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले बृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि सो समाचारमा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !