अजरबैजानमा हवाई आक्रमणमा ९ बालबालिकाको मृत्यु Nepalpatra अजरबैजानमा हवाई आक्रमणमा ९ बालबालिकाको मृत्यु
७ कार्तिक २०७८, आइतबार

अजरबैजानमा हवाई आक्रमणमा ९ बालबालिकाको मृत्यु


अजरबैजानमा हवाई आक्रमणमा ९ बालबालिकाको मृत्यु

बाकु, १५ कात्तिक । अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ । अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो द्धन्द्धमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो ।

अजरबैजान र अर्मेनियाबीच पछिल्ला केही हप्ता विवादास्पद क्षेत्र नागोर्नाे काराबाखमा द्धन्द्ध जारी रहेको छ । त्यहाँ भएका एक अर्का विरुद्धका आक्रमणहरुमा सयौँ नागरिकले ज्यान गुमाएका छन् । यी दुई देशका बीचमा दुई पटकसम्म युद्धबिराम भएको भए पनि युद्धविरामको पालना नभएको बताइएको छ । जसका कारण अहिले पनि द्धन्द्ध जारी नै रहेको छ ।

अजरबैजानका शिक्षा मन्त्री अमिन अम्रुल्याएभले सो कुराको जानकारी दिनुभएको हो । उहाँले उक्त क्षेत्रमा पछिल्लो समयमा शुरुको भएको दुई देशबीचको द्धन्द्धका कारण नौ जना छात्रछात्राको ज्यान गएको बताउनुभएको छ ।

शिक्षा मन्त्री अम्रुल्याएभले गत सेप्टेम्बर महिनाबाट जारी रहेको यस द्धन्द्धमा परेर विद्यालयमा अध्ययनरत नौ जना छात्रछात्राको ज्यान गएको बताउनुभएको हो । दुई देशका बीचमा गएको सेप्टेम्बर २७ मा युद्ध भड्किएको थियो र त्यस यता आक्रमण जारी रहेको बताइएको छ । नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दाबी गर्दै दुवै आक्रमण गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !