२५ बैशाख २०८१, मंगलबार

रुसमा एकैदिनमा झण्डै १८ हजार थपिए कोरोना संक्रमित


रुसमा भए ७ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित virus around Russia

मस्को, १३ कात्तिक । रुसमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना संक्रमित भएका थिए ।

रुसमा बिहीबारसम्म कुल संक्रमितको संख्या १५ लाख ८१ हजार ६९३ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि गत अक्टोबर २६ का दिन १७ हजार ३४७ जना सङ्क्रमित भएका थिए ।

अधिकारीहरुले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकाको संख्या भने ३६६ रहेको जनाएका छन् । अघिल्लो दिन भने ३४६ जनाको मृत्यु भएको थियो । रुसमा अहिलेसम्म कोरोनाका कारण २७ हजार ३०१ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !