२४ बैशाख २०८१, सोमबार

भारत र अमेरिकाका विदेशमन्त्री जापानमा भेट हुने


mike pompeo

वासिङ्टन, २० असोज । अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

दोस्रो क्वुयुएडीमा सहभागी हुनका लागि उहाँहरू जापान जान लाग्नुभएको हो । त्यसमा उहाँहरूसँगै जापान र अष्ट्रेलियाका समकक्षीहरु पनि सहभागी हुनु भएको छ ।

चीन र भारतबीचमा पछिल्लो समयमा फेरि सिमा विवाद भएपछि अमेरिका र भारतका विदेश मन्त्रीहरूको पहिलो पटक भेटवार्ता हुन लागेको हो ।

जापान रहेका बेला अमेरिकी विदेश मन्त्री पोम्पेओले जापानका नवनिर्वाचित प्रधानमन्त्री योशिहिडे सुगा र जापानी विदेश मन्त्री टोशिमिट्सु मोटेगीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटवार्तापछि सकारात्मक उपलब्धी हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो यस पटकको भ्रमण निकै राम्रो हुन गइरहेको पत्रकारहरुसँग बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !