भारतको आसाममा बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो Nepalpatra भारतको आसाममा बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो
१ असार २०७८, मंगलबार

भारतको आसाममा बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो


भारतको आसाम राज्यमा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

डिस्पुर,आसाम, १० साउन । भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र बाढीमा परी ज्यान जाने व्यक्तिको संख्या ९६ पुगेको छ । यहाँ शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीबाट यहाँका कम्तीमा पनि ९६ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो । अहिले पनि वर्षाको क्रम जारी नै छ । त्यस बाढीमा परी यस राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् ।

आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँ शुक्रबार बिहानसम्म ९३ जनाको ज्यान गएको र शुक्रबार राति थप तीन जनाको शव भेटिएको बताएको हो ।

यहाँका २७ लाख मानिस नराम्ररी प्रभावित भएका पनि सो विभागले जनाएको छ । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।

तीमध्ये चार हजार भन्दा बढी मानिस घरबारबिहीन नै भएका छन् । आसाममा चार सयभन्दा बढी शिविर बनाएर विस्थापित भएका मानिसहरुलाई राखिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !