२२ बैशाख २०८१, शनिबार

अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


अरुण चौधरी

काठमाडौं । व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति दिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको हो । आज बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा आफ्नो बनाएको आरोपमा काठमाडौंको लैनचौरबाट पक्राउ गरेको थियो ।

आजै बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि आज पक्राउ गरेको थियो । थापालाई पनि ४ दिन हिरासतमा राख्न अनुमति पाएको प्रहरीले जनाएको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा निजहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । ठाकुरलाई भने भोलि शुक्रबार अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्

बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुग्यो

बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष थापा पक्राउ

व्यवसायी अरुण चौधरी पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !