१० जेष्ठ २०८१, बिहिबार

बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष थापा पक्राउ


अजितनारायण सिंह थापा

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ परेका छन् । आज बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई आज बिहीबार दिउँसो पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । थापा अध्यक्ष भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको सीआईबी स्रोतले जनाएको छ ।

सोही प्रकरणमा सीआईबीले आज नै अनुसन्धानका लागि व्यवसायी अरुण चौधरीलाई पनि पक्राउ गरेको छ । उनीहरुमाथि बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा निजी बनाएको आरोप छ ।

यो पनि पढ्नुहोस्

व्यवसायी अरुण चौधरी पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !