२२ बैशाख २०८१, शनिबार

व्यवसायी अरुण चौधरी पक्राउ


अरुण चौधरी

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । आज बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । उनीमाथि बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा आफ्नो बनाएको आरोप छ ।

छालाजुत्ता कारखानाको जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।

वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि त्यो जग्गालाई अरुण र उनकी श्रीमतीको नाममा निजी सम्पत्ति बनाएको बताइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !