१० जेष्ठ २०८१, बिहिबार

बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुग्यो


बाँसबारी जग्गा प्रकरण

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेसंगै पक्राउ पर्नेको संख्या तीन पुगेको हो ।

यसअघि आजै व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापालाई आज पक्राउ गरेको थियो ।

चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “व्यवसायी अरुण चौधरी र तत्कालीन अध्यक्ष थापालाई पक्राउ गरिएको हो, बाँकी जानकारी पछि सार्वजनिक हुने छ ।”

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !