३ असार २०८१, आइतबार

‘बुद्धजयन्तीले राष्ट्रिय एकता मजबुत बनाउन प्रेरित गरोस्’


देवराज घिमिरे फाइल फोटो

काठमाडौँ । सभामुख देवराज घिमिरेले बुद्ध जयन्तीले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।

दुई हजार पाँच सय६८ औँ बुद्ध जयन्तीका अवसरमा सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा आज पनि बुद्धका उपदेशहरू प्रासङ्गिक रहेका तथा अहिंसा नै शान्ति र मैत्रीका आधारशिला हुन् भनेका छन् ।

अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्मस्थानको प्रचारप्रसार गर्नसके मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुने विश्वास पनि उनले सन्देशमा व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !