१४ बैशाख २०८१, शुक्रबार

अन्तत: आफ्नो देश फ्रान्स फर्किए चार्ल्स शोभराज


चार्ल्स शोभराज

काठमाडौं । अन्तत: ‘सिरियल किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज आफ्नो देश फ्रान्स फर्किएका छन् । आज शुक्रबार साँझ साढे ६ बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका हुन् ।

उनी कतार एयसवेजको जहाजबाट दोहा हुँदै फ्रान्स लागेका हुन् । आज दिउँसो केन्द्रीय कारागार सुन्धारबाट छुटेलगत्तै अध्यागमन विभाग लगिएका शोभराज सवै कागजी प्रक्रिया पूरा गरेर स्वदेश फर्किएका हुन् ।

५० हजार रुपैयाँ जरीवानासहित १० वर्ष नेपाल आउन नपाउने गरी शोभराज डिपोर्ट भएका हुन् । १९ वर्ष २ महिना केन्द्रीय कारागार जेल जीवन बिताएर शोभराज आज छुटेका थिए ।

हत्यासहितका विभिन्न अपराधमा सजाय काटेका शोभराजलाई सर्वोच्च अदालतले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले केन्द्रीय कारागार सुन्धारामा रहेका शोभराजलाई छाड्न आदेश दिएको थियो ।

न्यायाधीशद्वयको संयुक्त इजलासले शोभराजलाई कैदबाट मुक्त गर्न र आदेश दिएको १५ दिनभित्र उनलाई आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेश दिएको थियो ।

नेपालमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा शोभराज २०६० सालदेखि केन्द्रीय कारागार सुन्धारामा रहेका थिए । २८ मंसिर २०३२ मा मारिएका अमेरिकी नागरिक कोन्नी र त्यसको तीन दिनपछि मारिएका लरेन्ट दुईको हत्या अभियोगमा शोभराज केन्द्रिय कारागारमा बन्दी जीवन विताइरहेका थिए ।

शोभराज सन् १९६३ देखि १९६७ सम्मको अवधिमा शृंखलाबद्ध भएका हत्यामा संलग्न रहेका थिए । शोभराज २०६० साल असोज २ गते काठमाडौंको एक क्यासिनोबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

यो पनि पढ्नुहोस्

चार्ल्स शोभराजलाई आज साँझ ६ बजेको उडानबाट फ्रान्स डिपोर्ट गरिंदै

अन्तत: रिहा भए चार्ल्स शोभराज, अध्यागमन विभाग लगियो

चार्ल्स शोभराजलाई आज रिहा गरेर अध्यागमन विभाग लगिँदै

आजै रिहा हुने भनिएका चार्ल्स शोभराजलाई किन कारागारमै राखियो ?

चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतको आदेश

चार्ल्स शोभराजको मुद्दाको सुनुवाई आज पनि भएन, राखियो ‘हेर्न नमिल्ने’ मा

सर्वोच्चद्वारा चार्ल्स शोभराजलाई तीन दिनभित्र लिखित जवाफ माग

सर्वोच्चको आदेश : शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउनू


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !