१२ बैशाख २०८१, बुधबार

चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतको आदेश


चार्ल्स शोभराज

काठमाडौँ । सर्वोच्च अदालतले ‘बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई छाड्न आदेश दिएको छ । हत्यासहितका विभिन्न अपराधमा सजाय काटिरहेका फ्रेन्च नागरिक शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले केन्द्रीय कारागार सुन्धारामा रहेका शोभराजलाई आजैबाट छाड्न आदेश दिएको हो ।

न्यायाधीशद्वयको संयुक्त इजलासले शोभराजलाई कैदबाट मुक्त गर्न र आदेश दिएको १५ दिनभित्र उनलाई आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा ज्येष्ठ नागरिकले पाउने सुविधा दिएर छाड्न भनिएको छ । ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । शोभराजलाई रिहा गर्न भन्दै २०७७ पुसमै बन्दी प्रत्यक्षीकरण रिट परेको थियो ।

शोभराजको तर्फबाट अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा अदालतले निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानूनप्रदत्त अधिकार अनुकूल नदेखिएको व्याख्या गरेको छ ।

आदेशमा शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा मुटुसम्बन्धी रोगबाट पीडित भई उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको उल्लेख छ ।

यद्यपि करिब एक वर्षपछि मात्रै उनी जेलबाट रिहा भएर देश फर्किने भएका हुन् । शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

नेपालमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा शोभराज २०६० सालदेखि केन्द्रीय कारागार सुन्धारामा रहेका छन् ।

२८ मंसिर २०३२ मा मारिएका अमेरिकी नागरिक कोन्नी र त्यसको तीन दिनपछि मारिएका लरेन्ट दुईको हत्या अभियोगमा शोभराज केन्द्रिय कारागारमा बन्दी जीवन विताइरहेका हुन् ।

शोभराज सन् १९६३ देखि १९६७ सम्मको अवधिमा शृंखलाबद्ध भएका हत्यामा संलग्न रहेका थिए । शोभराज २०६० साल असोज २ गते काठमाडौंको एक क्यासिनोबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

यस्तो छ हेर्नुहोस् सर्वोच्च अदालतको आदेश :

सर्वोच्च अदालतको आदेश सर्वोच्च अदालतको आदेशसर्वोच्च अदालतको आदेश

यो पनि पढ्नुहोस्

चार्ल्स शोभराजको मुद्दाको सुनुवाई आज पनि भएन, राखियो ‘हेर्न नमिल्ने’ मा

सर्वोच्चद्वारा चार्ल्स शोभराजलाई तीन दिनभित्र लिखित जवाफ माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !